बालकृष्ण ढुंगेललाई सर्वोच्चद्वारा फेरि पक्राउ गर्न आदेश दिनुको कारण यस्तो छ

काठमाडौं– द्वन्द्वकालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै सवस्वसहित जन्मकैदको फैसला सुनाइएका पूर्वसभासद तथा एमाओवादी नेता बालकृष्ण ढुंगेललाई फेरि पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई अदालतले जन्मकैदको फैसला सुनाएपनि बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले उनलाई आममाफी दिने निर्णय गरेको थियो । तर, त्यसको विरुद्वमा मृतक श्रेष्ठकी बहिनी साबित्री श्रेष्ठ सर्वोच्च पुगेकी थिइन् । सावीत्रीको रिटप्रति आज सुनुवाई गर्दै सर्वोच्चको इजलासले ढुंगेललाई आममाफी नहुुने फैसला गरेको हो । सार्वोच्चको आदेशअनुसार यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला समेत कार्यान्वयन गर्न भनिएको छ ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment