२०७२ साल माघ २ गते शनिवार :- तपाईको आजको राशिफल

आजको पञ्चाङ्ग

श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ २ गते शनिवार नेपाल सम्बत ११३६ पोहेलाथ्व,सन् २०१६ जनवरी १६ तारिक शुक्लपक्ष सप्तमी तिथि राती ७ वजेर ३६ मिनेटसम्म, रेवती नक्षत्र राती ३ वजेर २ मिनेटसम्म, शिवयोग साँझ ६ वजेर ५४ मिनेटसम्म, गरकरण विहान ८ वजेर ४७ मिनेटसम्म, आनन्दादियोग धाता, सूर्य मकर राशीमा,चन्द्रमा राती ३ वजेर २ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा । मेषः–

7समयमा काम हुने छैनन । वाहिरी काममा धेरै समय खर्च हुने छ । यात्राबाट पनि खासै उपलब्धि हासिल हुने छैन । काम गरेर जश पाईने छैन । व्यापारबाट उपलब्धि लिन सकिने छैन ।

वृषः–

8आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । व्यापार व्यवासयबाट पनि आम्दानी आफुले सोचे भन्दा राम्रो हुनेछ । घरमा मंगलिक कार्य हुन सक्ने कुरालाई नकार्न सकिन्न । सुख,शान्ति मिल्ने छ ।

मिथुनः–

10 आज काम सरल तरिकाले बन्ने छन् । गरेका कामबाट नाम र दाम दुवै प्राप्त हुने छ । काम गर्ने जोश जागर पनि बढ्ने छ । बोलिको प्रभाव बढ्ने छ । आय आर्जन पनि बढ्ला ।

कर्कटः–

11अरुको काममा बढि व्यस्त हुदा आफ्ना कामले गति लिने छैन । बोल्यो कि पोल्यो भन्ने जान्नु होला । धार्मिक कार्यमा अभिरुची बढ्ने छ । आर्थिक कारोवारमा ध्यान दिनु होला ।

सिंहः–

12सोचाईको विपरित काम हुने छन् । अनावस्यक काम बढि हुनेछन् । व्यापार व्यवसायमा मन्दि आउने छ । स्वास्थ्य कामजोर हुनेछ । परिवारमा पनि मनमुटाव बढ्ने छ ।

कन्याः–

9कुनै कामको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । ढिला सुस्ति गर्दा आफेैलाई घाटा हुने छ । नयाँ जीवन प्रवेशको सम्भावना देखिन्छ । आय आर्जन पनि बढ्नेछ ।

तुलाः–

4 विारोधीले काममा अवरोध पु¥याउन सक्छन । गोपनियता अप्नाई काम गर्नु होला । काममा प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् ।

वृश्चिकः–

3 आफुमा भएको उर्जालाई सदुपयोग गर्न सकेमा सफलताका सिढि चढ्न सजिलो हुने छ । अरुको भर विश्वासमा परेर काम नगर्नु होला । घरमा भन्दा घर बाहिर सजिलो हुनेछ ।

धनुः–

2 घरयासी समस्याबाट टाढा बस्न पाईने छैन । खर्चका शिर्षक बढ्ने छन् । लेन कारोवारले सताउन छ । व्यापार व्यवसायमा पनि खासै प्रगति हुने छैन । आलस्यता पनि बढ्ने छ ।

मकरः–

1काम गर्न सके कमाई राम्रै हुने छ । उद्योग धन्दा बन्द व्यापारमा पनि प्रगति हुने छ । साना तिना काम गर्न लाई कुनै कठिनाई हुने छैन । काममा ढिला सुस्ति गर्दा अरुलाई फाइदा हुनेछ ।

कुम्भः–

6 दिन त्यति अनुकुल नबन्न सक्छ । हरेक काम गर्दा विचार पु¥याउनु होला साना गल्तिले ठुलो क्षति हुने छ । मिलेर गरेका काम सफल हुने छैनन । स्वतन्त्रण कामबाट थोरै लाभ होला ।

मिनः–

5समयले साथ दिने अवसरको पूर्ण सदुपयोग गर्नु होला । काम गर्ने उत्साहा घट्ने छैन । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्ने नै छ । उत्तम भोजन र आसन प्राप्तिको योग छ ।ज्योतिषीः- श्री वेदनिधि तिमिल्सिना, पोखरा सम्पर्क नं. :- ९८५६०२६३९७
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment