
छोरी अलकासँग अम्बर गुरुङ अस्पतालको बेडमा
छोरी अलकासँग अम्बर गुरुङ अस्पतालको बेडमा
सहयोग पाउन राजनीतिक शक्ति र प्रभाव कति जरुरी छ भन्ने यो उदाहरणले प्रष्ट पार्छ। आज कान्तिपुर दैनिकले पनि आफ्नो सम्पादकीयमै लेखेको छ-
राजनीतिक शक्ति र सत्तामा कोही छ भने प्रभाव र पहुँचका भरमा चाहेजति उपचार खर्च लिने गरेको दृष्टान्त सामुमै छ । तर, अम्बरजस्ता सर्जकका लागि राज्यपद्धतिमा पनि नियमसंगत रूपमा बोलिदिने कोही छैन, बोलिए पनि उपचार खर्चका नाममा केही राहत रकम दिने अवस्था यथावत छँदै छ ।
पूरा पढ्नुस्
‘खाने नलीको तल्लो आन्द्रामा ट्युमर देखिएको’ चिकित्सकहरुले ठहर गरेपछि उनलाई रेडियो र किमोथेरापी दिइँदैछ। उपचार एकदमै महँगो छ। अहिलेसम्म सबै परिवारले बेहोरिरहेका छन्।
उनको परिवार पनि अकुत सम्पति भएको खाले हैन। राजा महेन्द्रको अनुरोध मानेर नेपाल आएका अम्बरसित आफ्नो घरसमेत छैन। छोरीले भाडामा लिइदिएको घरमै उनको बास रहेको छ। श्रीमति प्यारालाइसिसका कारण काठमाडौँमा छिन्। छोरा राजु र छोरी अलकाले सब खर्च बेहोरिरहेका छन्। अलका बेलायतबाट आएर बाबाको स्याहार सुसारमा लागिरहेकी छिन्।
अस्पतालमै रहेकी उनकी छोरी अलकाले आफ्ना बाबा अम्बर गुरुङको उपचारको नाममा अनलाइनमा चन्दा संकलन हुन थालेको प्रति आपत्ति जनाइन्, ‘परिवारको अनुमति बिना यस्तो काम भइरहेको छ। हामीलाई कुनै पनि जानकारी दिइएको छैन।’
राज्यको दायित्व भएकोले राज्यले नै हेर्नुपर्ने र जिम्मेवार सरकारी पदाधिकारीले गर्छौँ भनेर भन्दाभन्दै सर्वसाधारणबाट ५/१० डलरको चन्दा उठाउनु उचित पनि हुन्न भन्ने आशय परिवारको रहेछ। हुन पनि पहुँच र शक्तिका आधारमा लाखौँ सहयोग नेतालाई तु गर्न सक्ने सरकारले यति ठूला स्रष्टालाई केही नगरी बस्न सक्छ भन्ने हामी कल्पना पनि गर्न सक्दैनौँ। तर भइरहेको छ त्यस्तै। अहिलेसम्म उनलाई आश्वासन मात्रै दिइएको छ।
हालै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाँदा उनले आफ्ना स्वकीय सचिव इन्द्र भण्डारीलाई अस्पतालमा भेट्न पठाएका थिए। प्रमका तर्फबाट उनले राज्यले सक्दो गर्ने आश्वासन दिएर आए। त्यसअघि अर्थमन्त्री विष्णु पौडेल र प्रधान सेनापतिले पनि यस्तै आश्वासन दिइसकेका छन्।@mysansar

![]() |
Blogger Comment
Facebook Comment