सौतेनी आमाको सिकार बने यी ‘अनाथ’ बालक, महिलाहरुले गरे उद्दार (फोटो फिचर)




रामसुन्दर आचार्य
काभ्रे, २९ फागुन । ‘मैले मेरो आमाको मुख पनि राम्रो हेर्न पाइन्, बुवा भक्तपुरमा ट्रक चलाउनु हुन्छ, सौतेनी आमाले नकुटेको दिन पनि हुदैन्, भर्खर नौ वर्षको भए, दादा मेरो नाम अविशेक श्रेष्ठ हो । म न्यु मोडेल स्कुलको कक्षा ३ मा पढ्छु ।’



शनिबार दिउसो १ बजेको समयमा इलाका प्रहरी कार्यालय बनेपामा सौतेनी आमाको कुटाइबाट शक्त घाइते भएका अविशेक श्रेष्ठले यसरी प्रहरीलाई आफ्नो पीडा सुनाए ।

सौतेनी आमाको कुटाईबाट अविशेकको अनुहार पुरै सुन्निएको छ । हात, खुट्टा, ढाड पेज टाउको र मलद्वारसम्म चोट र घाउ नै घाउ छ ।

सौतेनी आमाको कुटाइबाट काभ्रे उग्रतारा १ का नौ वर्षिय अविशेक श्रेष्ठ शक्त घाइते भएका हुन् ।

बालकलाइ घाइते बनाएपछि आज स्थानीय महिलाहरुले सौतेनी आमा दुर्गा बस्नेतलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बनेपामा बुझाई केहि बेर धर्ना समेत दिएका छन् ।

पीडित बालकको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको छ ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment