कोलेष्ट्रोल घटाउन यी खानेकुरा खानुस्, अन्यथा आँखा र सेक्स पावर घट्ला

काठमाडौं । रगतमा कोलेष्ट्रोलको मात्रा वृद्धि हुँदा मुटू र शरीरका थुप्रै भागमा नोक्सानी पुगाउन सक्छ । कोलेष्ट्रोलको मात्रा बढी हुँदा त्यसले आँखालाई समेत असर पुगाउन सक्छ भने सोँच्ने शक्तिमा क्षीण हुनु र पुरुषमा यौन कार्यमा निष्क्रियता पनि हुन सक्ने चिकित्सकहरूले बताएका छन् । आफ्नो शरीरको कोलेष्ट्रोललाई कम गराउनका लागि यी उपाय नियमित गरिए हामीलाई धेरै सहयोग मिल्ने चिकित्सकहरूले बताएका छन् ।

लसुन

प्याज र टमाटरपछि खाना पकाउन ज्यादा प्रयोग गरिने लसुन हो । लसुनमा थुप्रै अनुसन्धान भएका छन् । र स्वास्थ्यका लागि लसुन अत्यन्तै फाइदा जनक भएको तथ्यले देखाएको छ । प्रत्येक दिन एउटा केस्रा काँचो लसुन खाँदा कोलेष्ट्रोलको मात्रा थुप्रै घट्छ ।

जैतून

जैतूनमा मोनोसैचुरेटेड फ्याट एसिड हुन्छ । जसले गर्दा रक्तचापको कम गर्न र कोलेष्ट्रोल घटाउन सहयोग मिल्छ । बिहान उठेर लसुन र जैतूनको तेललाई मिसाएर खाने गर्दा उचित हुन्छ ।

बदाम


खास गरेर बदामको सेवन मुटूका लागि राम्रो मानिन्छ । यसमा प्रोटीन, फाइबर र एन्टीआक्सीडेन्टस्को मात्रा अधिक हुन्छ । यसले कोलेष्ट्रोललाई रगतमा मिसिनबाट रोक्छ । बदाममा क्यालोरी अधिक हुने हुँदा यसको सेवन ध्यान पुगाएर गर्नुपर्छ । धेरै खाँदा अर्को रोग निम्तन सक्छ ।

ग्रीन टी

चीन र मध्य एशियाका साथै अन्य देशमा खाना खाएपछि ग्रिन टी पिउने चलन छ । ग्रिन टी पिउँदा शरीरमा रहेको अनावश्यक चिजहरूलाई निकालेर फाल्ने गर्छ । यसको प्रयोगले कोलेष्ट्रोल घटाउन सहयोग मिल्ने गरेको चिकित्सकहरूले बताएका छन् ।

माछा

हिल्स, सैलमन र ट्राउट माछा, ओमेगा– ३ मा फ्याटी एसिडले भरपूर हुन्छन् । यो रक्तवाहिनिलाई सफा गर्ने काम गर्छ । माछाको सेवनले कोलेष्ट्रोल जम्मा हुन दिँदैन । रगत पनि सफा गर्छ । यसै कारण चिकित्सकहरूले हप्तामा दुई पटक माछा खान सल्लाह दिने गर्छन् । सोयाबीन प्रोटीनले भरपूर सोयाबीन आफैमा पूर्ण आहार मानिन्छ । सोयाबीनमा आइसोफ्लैवोन हुने गर्छ । जसले कोलेष्ट्रोलविरुद्ध काम गर्छ । यसका अलावा दाल पनि फाइदा जनक रहेको मानिन्छ । दालमा प्रोटीन र फाइबर हुन्छन् ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment