विभिन्न हल्ला र अफवाहको पछाडि नलाग्न भूकम्प मापन केन्द्रले सर्वसाधारणलाई आग्रह


विभिन्न हल्ला र अफवाहको पछाडि नलाग्न भूकम्प मापन केन्द्रले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सोसल मिडिया र विभिन्न हल्लाहरु गरेर जनमानसलाई भ्रममा पार्ने काम भइरहेको भन्दै केन्द्रका प्रमुख लोकबिजय अधिकारीले यस्तो आग्रह गर्नुभएको हो । अहिले पनि दैनिक ४० ओटा सम्म भूकम्पका परकम्पनहरु गइरहेको भन्दै उहाँले यसबाट आत्तिनु पर्ने अवस्था नरहेको बताउनु भयो । भूकम्पवारे अफवाह फैल्याएर लुटपाट गर्ने गिरोह समेत विगतको दिनमा सक्रिय रहेको भन्दै उहाँले भूकम्पबारे कसैले पनि भविष्यवाणी गर्न नसक्ने स्पष्ट पार्नुभयो ।


गत बैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्र विन्दू बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प पछि परकम्पन जानेक्रम अझै बाँकी रहेको र अव काठमाडौं र मकवानपुरतर्फको भागमा परकम्पन आउने सक्ने बताउनुभयो ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment