एक जना नेपालीको खातामा चार अर्ब ५० करोड र वाँकीको खातामा ९० करोड कालोधन स्विस बैंकमा लुकाए

काठमाडौ । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आइसीआइजे) ले ‘स्वीस लिक’ नाम दिएर सार्वजनिक गरेको विवरण अनुसार स्वीट्जरल्याण्डको एक नीजि बैंकमा नेपालीले ५ करोड ४० लाख अमेरिकी डलर (करिव ५ अर्व ४० करोड रुपैयाँ) रहेको खुलासा गरेको छ ।बिशेष गरेर स्वीस बैंकमा कल छली वा चोरीलगायतका माध्यमबाट जम्मा गरेको रकम हुनसक्ने भन्दै उक्त संस्थाले ति विवरणहरु सार्वजनिक गरेको हो ।स्वीटजरल्याण्डको निजी बैंक एचएसबीसीमा रहेको आठ जना ग्राहक नेपालसंग सम्बन्धित रहेको र त्यस मध्ये ३८ प्रतिशत नेपाली पासपोर्टबाहक वा नागरिक रहेको पनि ‘स्वीस लिक’ ले उल्लेख गरेको छ ।उसले गरेको दावी अनुसार उक्त बैंकमा सन् १९८८ बाट बैंक एकाउण्ट खोल्न थालिएको र त्यसमध्ये सन् २००६ सम्ममा १२ वटा एकाउण्ट पुगेपनि त्यसमध्ये आठ वटा सक्रिय रहेको उल्लेख गरेको छ ।


स्विस बैकको गोपनीयता संसारमा नै प्रख्यात भएकोले कालोधन लुकाउने संसराभरका करछल्ने तथा हतियार ब्यापारी एवं अबैध धन लुकाउनेहरुको लागी सुरक्षित मानिएको स्विस बैकबाट कम्प्युटर एक्सपर्ट हर्भे फाल्सियानीलाले सुचना चुहाएका हुन्। सात वर्षअघि फाल्सियानीलाई स्विस प्रहरीले बैकको विवरण चोरेको शंकामा नियन्त्रणमा लिएको थियो। तर उनी भोलिपल्ट हाजिर हुने शर्तमा स्विस प्रहरीबाट फुत्केर पत्नी र छोरी सहित फ्रान्स भागे। फ्रान्समै बसेर उनले स्विजरल्यान्डस्थित एचएसबिसि बैकका तथ्यांकहरु पत्ता लगाएका थिए।बेलायत स्थित एचएसबिसि बैकको केन्द्रिय कार्यालयले भने आफनो स्विजरल्यान्डको शाखाले बैकका ग्राहकहरुको गोप्य सुचना जोगाउन नसक्नु आफनो कमजोरी भएको स्विकारेको छ।फाल्सियानीलाले प्राप्त गरेको गोप्य सुचनाको आधारमा इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट (आइसिआइजे)ले कालोधन थुपार्ने एक लाख ग्राहकको सुचि ‘स्विस लिक्स’ प्रकासित गरेको छ। सुचिअनुसार स्विस बैकमा सबैभन्दा धेरै कालोधन थुपार्ने मुलुकमा ग्राहकको संख्या एवं रकम दुबैको आधारमा स्विजरल्यान्ड नै पहिलो रहेको छ।अर्न्तराष्ट्रिय पत्रकारहरुको संस्था इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट (आइसीआइजे)ले सार्बजानिक गरेको प्रतिवेदन अनुसार १३ जना नेपालीको नाममा ५ अर्ब ४० करोड कालो धन राखेको तथ्य सार्वजनिक गरेको छ ।‘स्विस लिक’को नाममा सार्वजानिक गरिएको प्रतिवेदन अनुसार कालो धन लुकाउनेको सूचीमा नेपाल १ सय १६ औ स्थानमा रहेको छ । प्रतिवेदनमा २०३ मुलुकलाई समावेश गरिएको छ । तथ्याङ्क अनुसार एक जना नेपालीको खातामा चार अर्ब ५० करोड र वाँकीको खातामा ९० करोड कालोधन लुकाएको पाइएको छ ।‘स्विस लिक’मा नाम उल्लेख हुनेहरुमा -विजेन्द्र जोशी,-विजेश कुमार तोडी अग्रवाल -विमल काजी ताम्राकार -विनु श्रेष्ठ -विश्ववीरसिंह थापा -विश्वधर तुलाधर -डा. श्याम बहादुर कर्माचार्या -हरिश कुमार तोदी -प्रो. सत्येन्द्र कुमार गुप्ता -राजेन्द्र कुमार काबरा -रेनुका प्रधान -रेखा काबरा -सशिकान्त अग्रवालरहेका छन/ आईसीआइजेले सार्वजानिक गरेको सुचना अनुसार स्विस बैंकमा रहेको नेपालीको खाता ‘एक्टिभ’ रहेको देखिन्छ । यसको मतलब खातामा रकम जम्मा हुने र चल्तिमा जानेक्रम चलिरहेको छ । तथ्याङ्क हेर्दा यि सबै खाता नेपालमा बहुदलिय प्रजातन्त्र स्थापना पछि खुलेका देखिन्छन् ।


संसारका ४५ देशका पत्रकार गरेको अनुसन्धान अनुसार स्विस बैंकमा रकम थुपार्नेहरुमा विगतका र अहिलेको राजनितिज्ञहरु रहेको देखिएको छ । आईसीआइजेको प्रतिवेदनमा स्विस बैंकमा खाता रहेका व्यवसायीको नाम दिइएको भए पनि कसको नाममा कति पैसा छ भन्ने चाँही खुलाएको छैन ।आइसीआइजेले स्विस बैंकमा पैसा राखेको भन्दै नाम सार्वजनिक गरेको सबै नेपाली ब्रिटिस भर्जिनमा दर्ता रहेको कम्पनीमा कुनै न कुनै रुपमा जोडिएका छन् । कतिपय कम्पनीको शेयर होल्डर र निर्देशक छन् भने कतिपय साझेदारको रुपमा मात्रै रहेको देखिन्छ । यी कम्पनीमा नेपालीहरुको संलग्नता भने सन् २००२ पछि मात्रै रहेको देखिन्छ । यसले कतिपय नेपालीले गैरकानुनी रुपमा विदेशमा लगानी
गरेर उतै रकम जम्मा गरेर राखेको आशंका बढाएको छ । अर्कोतिर, नेपालका राजनीतिज्ञहरुले अनधिकृत रुपमा जम्मा गरेको पैसा स्विस बैंकमा लुकाइएको हुनसक्ने आशंकालाई पनि उत्तिकै मलजल पुगेको छ ।स्विजरल्याण्डले बैंकिङ गोपनियतामा विश्वभर प्रसिद्धि कमाएको छ । त्यहाँको बैंक पैसा राख्दा व्याज पाईदैन बरु, गोपनिय ढंगले पैसा राखिदिए वापत बैंकलाई शुल्क तिर्नुपर्छ । लामो समय पैसा राख्दा क्रमशः पैसा घटिरहन्छ ।नेपालका एक वरिष्ठ व्यवसायीको विश्लेषण छ, ‘पैसा राख्दा शुल्क तिर्नुपर्ने ठाउँमा व्यवसायीले रकम जम्मा गर्दैन बरु विदेशमै भए पनि लगानी गर्छ । व्यवसायीलाई त जहिले पनि नाफाको लोभ हुन्छ ।’ आइसीआइजेको वेभसाइटबाट सार्वजानिक भएको नेपालीको नाम मध्ये विजेन्द्र जोशी पहिलो स्थानमा छन् । उनको दाजु शसिन जोशी नेपालमै सर्वाधिक नाफा कमाउने मध्येको बैंक एनआईसी एसिया बैंकमा प्रमुख कार्यकारी अधिकृत छन् । एक बरिष्ठ व्यवसायी भन्छन्, ‘विजेन्द्र जोशी निकै पैसा भएका मान्छे हुन् । तर, उनले स्विस बैंकमै लगेर पैसा राख्नुपर्ने कारण चाँही थाहा भएन ।’


त्यसैगरी, विजेश कुमार तोदी अग्रवालको ब्रिटिसभर्जिनमा दर्ता रहेको वुडस्टक युनिभर्सल लिमिटेड कम्पनी रहेको देखिन्छ । तोदीसँग विन्दु तोदी र हरिश कुमार तोदी उक्त कम्पनीमा सहकार्य गरिरहेको आईसीआइजेले जनाएको छ । हरिश कुमार तोदीले नेपालको ठेगाना विराटनगर–९ मोरङ नेपाल राखेका छन् । नेपालमा कागजको व्यवसाय गर्ने राजेन्द्र कुमार काबरा र उनी श्रीमति रेखा काबराको नाम स्विस बैंकमा रकम थुपार्नेको सूचीमा समावेश छ । उनीहरुले नेपालमा चाहीँ ओम्नी इन्टरप्राइजेज मार्फत व्यवसाय सञ्चालन गरिरहेका छन् । ब्रिटिसभर्जिनमा दर्ता रहेको वल्र्ड डिस्ट्रिव्युसन नेपाल लिमिटेडमा विजेन्द्र जोशी, विमल काजी ताम्रकार, विश्वधर तुलाधर रहेका छन् । उक्त कम्पनीको हिमालय इन्भेष्टमेन्ट ग्रुप लिमिटेड र पोर्चुकल्स ट्रस्ट नेट (बिभीआई) लिमिटेड अफसोर कम्पनीका रुपमा रहेका छन् । उनीहरुको नेपालको ठेगाना सिद्धी भवन, कान्तिपथ, पोष्ट बक्स ११२९१, काठमाडौ नेपाल राखेका छन् ।


वल्र्ड डिस्ट्रिव्युसन २००२ मे ९ मा र हिमालयन इन्भेष्टमेन्ट २००३ डिसेम्बर २२ मा स्थापना भएको देखिन्छ । हिमालय इन्भेष्टमेन्ट ग्रुप लिमिटेडमै विश्वविरसिंह थापा, नविन्द्र जोशी, विश्वधर तुलाधरको नाम पनि जोडिएको छ ।
आइसीआइजेको रिपोर्ट अनुसार बिनु श्रेष्ठको नाममा बेलउड एक्रिस लिमिटेड नामको कम्पनी सन २००५ देखि ब्रिटिसभर्जिनमा दर्ता भएको छ । उनको पैसा स्विजरल्याण्डको बैंकमा रहेको आइसीआइजेले जनाएको छ ।
आइसीआइजेको रिपोर्ट अनुसार डा. श्याम बहादुर कर्माचार्य सर्जि इलेक्ट्रो मेडिका लिमिटेडको निर्देशक र शेयरधनि पनि हुन । उनको कम्पनी सन २००८ मा सिंगापुरका दर्ता रहेको देखिन्छ । उनीसँग मिलेर विदेशी साझेदारहरुले क्रेडिट स्विस, क्रोम्नि होल्डिङ, सक्सेफुल डेभलपमेन्ट होल्डिङ, राइट मुभ म्यानेजमेन्ट प्रोपर्टी, मलाया साउन अमेरिकन इन्भेष्टमेन्ट, बेस्टन ब पोइन्ट कर्पोरेशन, फच्र्युन रिच क्यापिटल लिमिटेड लगायतको कम्पनी सञ्चानल गरिरहेको देखिन्छ । यसमा नेपालको ठेगाना भने बागमति अञ्चल, ललितपुर उपमहानगरपालिका वडा नं २ देखिन्छ ।


प्रोफेसर सत्येन्द्र कुमार गुप्ताले पनि स्विस बैंकमा अनधिकृत पैसा थुपारेको आइसीआइजेले उल्लेख गरेको छ । आइसीआइजेको रिपोर्ट अनुसार गुप्ता सन २००४ अप्रिल १ देखि वनका इन्टरनेशनल इंकका निर्देशक छन् । उक्त कम्पनीले प्रशस्त विदेशी प्राफेसर र डक्टर साझेदार रहेको देखिन्छ । उनले नेपालको ठेगाना भने पोष्ट बक्स नं १५३५, काठमाडौ नेपाल राखेका छन् ।


स्विस बैंकमा अनधिकृत पैसा जम्मा गर्ने व्यक्तिको रुपमा नाम सार्वजानि भएको राजेन्द्र कुमार काबरा प्mय्रागरेन्ज टाउन लिमिटेडमा सन २००९ अप्रिल ६ देखि शेयर होल्डर र निर्देशक छन् । उक्त कम्पनी पनि ब्रिटिस भर्जिनमै दर्ता छ । उक्त कम्पनीमा काबराकी श्रीमति रेखा काबराको पनि साझेदारी छ । उनलाई पनि कम्पनीको शेयर होल्डर र निर्देशकको रुपमा राखिएको छ । उनीहरुको हङकङमा क्रेडिट सुसी नामको कम्पनी रहेको आइसीआइजेले उल्लेख गरेको छ । उनीहरुले नेपालको ठेगाना शुक्रपथ ६/६०७, काठमाडौ नेपाल उल्लेख गरेका छन् ।
स्विस बैंकमा पैसा रहेको भनिएको अर्का नेपाली हुन रेणुका प्रधान । उनी ब्रिटिसभर्जिनमै दर्ता रहेको बेस्ट पार्क क्यापिटल इंकमा सन् २००७ मार्च २३ देखि निर्देशक छिन् । उनले नेपालको ठेगाना चुनदेवी–४, काठमाडौ नेपाल राखेकी छन् ।
नेपालका प्रतिष्ठित व्यवसायी मानिने सशिकान्त अग्रवालको पनि स्विस बैंकमा अनधिकृत रुपमा पैसा राखेको भन्दै आइसीआइजेले नाम सार्वजानिक गरेको छ । उनी नेपालमा निर्यात व्यापार गर्छन् भने दुई वटा नयाँ होटलमा लगानी गर्दै छन् । आईसीआइजेका अनुसार अग्रवाल सन् २००३ देखि मल्टि लिंक ट्रेडिङ लिमिटेडको शेयर होल्डर र निर्देशक रहेका छन् । यो कम्पनी पनि ब्रिटिस भर्जिनमै दर्ता भएको छ । उनीसँग सुमित कुमार अग्रवाल पनि रहेका छन् । उनको नेपालको ठेगाना शिवकुन्ज, बत्तिसपुतली, काठमाडौं नेपाल राखिएको छ ।


सबैलाई हैरान पार्ने तथ्य कुरा यो हो कि, यहाँ माथि सार्वजनिक भएका नामहरु स्विस बैंकमा पैसा राख्ने हैसियतका हुँदै होइनन् । नेपाल उद्योग वाणिज्य महासंघका उच्च पदाधिकारीहरुको भनाइमा, ‘स्विस लिक’ले सार्वजनिक गरेको नामहरु आश्चर्यजनक छ, किनकि उनीहरुको आर्थिक हैसियत त्यति ठूलो रकम विदेशी बैंकमा लुकाएर राख्नु पर्ने खालको छैन । त्यसमा सार्वजनिक भएका केही नामहरु महासंघकै पदाधिकारीले सुनेकासमेत छैनन् । आखिर को हुन्, स्विस बैंकमा पैसा जम्मा गरेका वास्तविक ‘रहस्यमयी’ पात्रहरु ?यति कुरा सत्य हो कि, ब्रिटिश भर्जिनमा दर्ता रहेका दर्जनौ कम्पनीको रकम स्विस बैंकमा १२ वर्षयता मात्रै कारोबार हुन थालेको हो ।
स्विस बैंकमा पूर्वराजा बीरेन्द्रका परिवारको रकम छ भन्ने अनुमान भइरहेका वेला राजपरिवारसँग खासै साइनो न सम्बन्ध भएका व्यक्तिहरुको नाम सार्वजनिक हुँदा सबैलाई थप कौतुहलता जगाइदिएको छ । आखिर तेत्रो पैसाको वास्तविक मालिक को हो ?स्विस बैंकमा पैसा भएका भनिएकाहरुको अघोषित सम्बन्ध कतै नेपालको उच्च राजनीतिक नेतृत्वसँग जोडिएको त छैन ? ब्रिटिश भर्जिनबाटै अजय सुमाग्रीले अर्बौ रुपैयाँ भित्र्याउन राजनीतिक पहुँचको भरमा गैरकानुनी बाटो रोज्नु र त्यही कम्पनी भएका दर्जनौ नेपालीको नाम सार्वजनिक हुनु संयोग मात्रै हो त ? आशा गरौं, यो वास्तविकता कुनै समय पक्कै खुल्नेछ । @DCnepal
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment