गरिब कामदारलाई ठग्ने सय म्यानपावरको सूची सार्वजनिक हुँदै, ठग म्पानयावरको रुवाबासी

काठमाडौँ, २६ पुस । कामदारसँग बढी रकम लिएर थोरै रुपैयाँको रसिद दिने र अन्य ठगीमा संलग्न रहेको उजुरीका आधारमा विभागले १ सय म्यानपावर कम्पनीको सूची बनाउने भएको छ । अनुगमनबाट वैदेशिक रोजगारमा जाने कामदारले भन्दा सरकारी कर्मचारीले बढी फाइदा
उठारहेको आरोप हटाउन विभागले १ सय म्यानपावर कम्पनीको सूची तयार गर्न लागेको हो । विभागका निर्देशक जनकराज रेग्मीले माघको पहिलो सातासम्ममा सूची तयार भई कारबाही प्रक्रिया सुरु हुने बताए । ‘अब ठगीमा पर्ने कामदारले न्याय पाउनेछन्,’ उनले भने, ‘विभागकै कर्मचारीले आर्थिक चलखेल गरेमा उनीहरू पनि म्यानपावरसँगै कारबाहीमा पर्नेछन् ।’ अनुगमन भइरहे पनि म्यानपावर कम्पनीले दुरुस्त कागजात मिलाउने र कामदार पनि सजग नहुँदा केही समस्या परे पनि सुची निर्माण भइरहेको विभागले जनाएको छ । विभागका निर्देशक जनकराज रेग्मीले म्यानपावर कम्पनीमाथि छड्के निगरानी गर्न लागिएको बताए । ‘विभागका कर्मचारीको आर्थिक चलखेलले म्यानपावर कम्पनीमाथिको अनुगमन फितलो भएको होइन,’ उनले भने । म्यानपावर कम्पनीले भने विभागका कर्मचारी अनुगमनमा आउँदा ‘शुभ लाभ’ गराई सन्तुष्ट पार्नुपर्ने बाध्यता भएको जनाएका छन् । बसुन्धरामा रहेको १ म्यानपावर सञ्चालकले अनुगमनमा आउने कर्मचारीलाई १५ देखि ३० हजार रुपैयाँसम्म दिएर सन्तुष्ट पार्नुपर्ने बाध्यता भएको जानकारी दिए ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment