जनताको समस्यामा यसरी पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोले



काठमाडौँ, २६ पुस । राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्म जयन्तीको उपलक्ष्यमा पूर्व राजा ज्ञानेन्द्र शाहले सन्देश दिएका छन् ।
आइतबार सार्वजनिक रुपमा सन्देश जारी गर्दै शाहले आफूले दरबार छोडे पनि घरबार भने नछोडेको उल्लेख छ । पूर्व राजा शाहको सन्देशमा भनिएको छ, ‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सुख, सम्मृद्धि र आत्मीय सन्तुष्टीका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ। सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छोडेको छैन । नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन ।’


नेपाली जनताले को कसबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन् खूलस्त हुनुपर्ने बेला आएको उल्लेख गर्दै भनिएको छ,‘अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन् खूलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ ।’
पूर्वराजा शाहले मुलुकभित्र देखिएको आर्थिक संकट, चरम महंगी र अभाव, अनुत्पादन र वाह्य निर्भरताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन् ।
‘देश भित्र अहिले विधि व्यवस्था, प्रशासनका कुरालाई लिएर जे जस्ता वखेडा खडा भएका छन् यो कदापी राम्रो कुरा होइन ।’


सन्देशमा भनेका छन्, ‘आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महगीं, अभाव, अनुत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले सांझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ, त्यो गम्भिर चिन्ताको विषय हो ।’
पूर्वराजा शाहले पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय दिवसलाई नेपाली भएर सोच्ने, सम्झने दिनका रुपमा उल्लेख गरेका छन् । ‘पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलिरहने चेतना र प्रेरणाको कूरा राष्ट्रिय एकता र सदाशयता नै हो । हिमाल, पहाड र तराईका हामी सबै नेपाली यही फूलबारीमा जति बढी समाहित हुन सक्छौं, उति नै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहन्छ’, उनले वक्तब्यमा भनेका छन् ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment