राशिफल : वि.सं २०७२ साल पुस २८ गते, मंगलबार

वि.सं. २०७२ साल पुस २८ गते। मंगलबार। इश्वी सन् २०१६ जनवरी १२ तारिख। नेपाल संवत् ११३६

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। रुचिका विषयमा लगानी बढाउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको तपाईको दिन राम्रो छ । विभिन्न अवसरले पछ्याउनेछन्। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)                                                                             प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ। स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला। आयआर्जन पनि राम्रै हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रामा विशेष लाभ हुनेछ भने लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
घुमघामको योग छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)                                                                           महत्वाकांक्षी योजना तत्कालै सुरु नर्गदा राम्रो देखिन्छ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने समय छ । कमजोर भएको अनुभूति हुनेछ। केही समय पर्खंदा स्थितिमा सुधार आउने र काम बन्ने योग छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
समय त्यति राम्रो छैन । अपजस पाइने समय भएपनि परिवारको सरसल्लाह लिएर काम थाल्नु राम्रो हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। समय अत्यन्तै राम्रो छ । प्रशस्त धन आर्जन गर्ने मौका भउकाले उत्साह बढ्नेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
कृषिकर्म र व्यावसायिक काममा केही लगानीमा फाइदा हुने देखिन्छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ।
विगतको श्रमबाट प्रशस्त धन आर्जन हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ने योग छ। आँटेको काम समयमा पूरा नहुन सक्छ। कामबाट फुर्सद मिल्ने र एत्साह बढ्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम पाइने योग छ। छिमेकीहरुसँग असमझदारी बढ्न सक्छ। लामो यात्रा गर्ने सुअवसर प्राप्त हुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
समय त्यति शुभ छैन । आम्दानी, पढाइलेखाइमा बाधा पुग्ने देखिन्छ । मालसामन हराउने संभावना रहकाले शर्तक रहनुहोला । समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment