५० लाख दिने भन्दै बनेका सहिदलाई उपेन्द्रले किन गरे बेवास्ता

रौतहट, ५ माघ । मधेस आन्दोलन अगाडि प्रति शहिद ५० लाख दिने घोषणा गरेको मधेसी मोर्चाले आन्दोलनमा भएका सहिदहरुलाई विस्तारै विर्सदै गएका छन् । सहिदको सम्झनामा मनाउने भनिएको बलिदानी दिवसमा मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नै सहभागी भएनन् ।

काठमाडौंमा रहेका सद्भावना अध्यक्ष राजेन्द्र महतो कार्यक्रममा सहभागी हुन मधेस पुगेका थिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार सिरहाको लहानमा बलिदानी दिवसमा कार्यक्रम गरेको थियो जहाँ मोर्चाका शीर्ष नेता अनिवार्य उपस्थित हुनुपर्ने पूर्व निर्णय थियो ।सद्भावना अध्यक्ष महतोबाहेक अन्य शीर्ष नेता सहभागी भएनन् ।

२०६३ साल ५ माघ पहिलो मधेस आन्दोलनको क्रममा सिरहाको लहानमा प्रहरीको गोली लागेर ज्यान गुमाएका रमेश महतोको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment