बिहारस्थित नेपाल-भारत सीमाक्षेत्रबाट दुईजना चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ

पटनाः भारतीय सुरक्षाकर्मीले शनिबार दुईजना चिनियाँ नागरिकलाई बिहारबाट पक्राउ गरेका छन् । 
उनीहरू नेपालको सीमा हुँदै अनधिकृत रूपमा भारतको बिहार प्रवेश गरेको भारतको भनाइ छ । अनुमतिबिना भारतका विभिन्न ठाउँको फोटो लिइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । 
उनीहरूसँग भिसा र राहदानी कुनै पनि नभएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । उनीहरू रक्सौल नाका हुँदै भारतको चम्पारण जिल्ला पुगेका थिए । 
सशस्त्र सीमा बल (एसएसबी) का उपकमान्डर सतीशचन्द्र गुप्ताले भने, ‘हाम्रो समूहले गैरकानुनी रूपमा भारत छिरेर फोटो लिइरहेको अवस्थामा दुईजना चिनियाँलाई पक्राउ गरेको छ ।’
उनीहरूबाट दुईवटा मोबाइल र एउटा क्यामेरा जफत गरिएको पनि उनले जानकारी दिए । भारतीय अध्यागमन अधिकृत एसएम शर्माले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू दुई महिनादेखि नेपाल-भारत सीमा क्षेत्रमा रहेको खुलासा भएको बताएका छन् ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment