वैज्ञानिकहरु सफल परीक्षण गर्दै, अब पृथ्वीमा कहिल्यै अँध्यारो नहुने !

एजेन्सी– विज्ञानको विकासले पृथ्वीको मानव सभ्यताभित्र ठूलो उचाई प्राप्त गरेको छ । विज्ञानको प्रयोगलाई मानवजातिले जसरी प्रयोग गर्दै आयो त्यसको परिणाम स्वरुप मानव जातिको महत्वाकांक्षा र सुविधा पनि बढ्दै गएको छ । सोही प्रसंगमा मानव जातिले पछिल्लो समयमा विकास गरेको एउटा उपलव्धीले सिंगो पृथ्वीलाई प्रभावित पार्ने भएको छ । जर्मनीका वैज्ञानिकहरुले एउटा साँच्चै अनौठो उपलव्धी हाँसिल गरेका छन् । त्यो हो कृत्रिम सुर्यको निर्माण ।
जब उनीहरुले कृत्रिम सुर्यको निर्माण सम्भव तुल्याएका छन, अब पृथ्वीमा मानिसले त्यसलाई मन लागेको बेला प्रयोग गर्नेछन् । सायद, पृथ्वीमा मानव जातिको व्यस्तता बढ्दै जाने हो भने यो उपलव्धीले अब कुनै समयलाई रातको रुपमा ग्रहण गर्ने छैन । पृथ्वी जहिल्यै दिन भएर झलमल्ल भैरहने सम्भावना अगाडि आएको छ । वास्तवमा जर्मनीका वैज्ञानिकहरु अहिले सुर्यमा हुनेजस्तै रासायनिक प्रतिक्रियाबाट उर्जा उत्पादनको प्रयास र खोजमा जुटेको बताइएको छ ।
जर्मनीको परमाणु शोध संयन्त्र भेन्डेलस्टाइन सेभेन एक्समा शोधकर्ताहरु १० करोड डिग्री सेल्सियसको तापमानमा नियन्त्रित परमाणु विस्फोट गर्दैछन्, जुन अहिलेसम्म सम्भव थिएन । यसका लागि वैज्ञानिकहरुले पहिले प्लाज्मा नामक पदार्थको सिर्जना गर्नेछन् । एक कन्ट्रोल सेन्टरको निगरानीमा १० मिलिग्राम हिलियम एक भ्याकुम च्याम्बरको चुम्बकीय क्षेत्रमापठाएर त्यसको सफल खोज र कार्यानवयनमा वैज्ञानिकहरुको समुह जुटेको छ । । त्यसलाई १० लाख डिग्री सेल्सियस सम्म तताइन्छ । अहिले सुरु भएको यो खोज अभियानमार्फत प्राप्त परमाणु शोध संयन्त्र कार्वन मुक्त विद्युत उत्पादनका लागि परीक्षणको सुरुवात भएको संयन्त्रको नेतृत्वले बताएको छ । अहिले पहलिो प्लान्ट हिलियमका प्रयोग गरेर बनाइएको छ ।
जनवरीमा पहिलो हाइड्रोजन प्लाज्मा बनाइनेछ । यो परीक्षणमा शोधकर्ताहरु सूर्यमा हुनेजस्तै प्रक्रियाको माध्यमबाट आकाशीय स्थितिमा रहेर शोध गर्नेछन् ता की त्यसको प्रयोग पृथ्वीमा उर्जा पैदा गर्नका लागि समेत गर्न सकियोस् । परीक्षण सफल भयो भने विद्युत गृहमा परमाणु विच्छेदनबाट विजुली उत्पादन गरिनेछ । भेन्डेलस्टाइन सेभेन एक्स परीक्षण संयन्त्र विश्वको सबैभन्दा ठूलो परमाणु फ्युजन परीक्षण संयन्त्रमध्ये एक हो । यो हिलियम प्लाज्मा बनाउन मुख्य परीक्षणको पूर्वाभ्यास भएको बताइएको छ । यसका लागि भ्याकुम च्याम्बरमा माइक्रोवेभबाट हिलियमलाई तताइन्छ । यसबाट ग्यासको आयोनिकरण हुन्छ र त्यसले प्लाज्माको रुप लिन्छ ।
त्यसबाट प्रचूर उर्जा निकाल्न सकिने वैज्ञानिकको दाबी छ । सन् २०१७ मा यो संस्थाले प्लाज्मा बनाउनका लागि डाएरटेरियमको प्रयाग सुरु गर्ने बताएको छ । यसको सफललतापछि सायद मानवजातिले एउटा ठूलो उपलव्धी हाँसिल गरेको प्रमाणित हुनेछ र उर्जाको संटक समेत पृथ्वीको समस्याका रुपमा नरहन सक्छ । यो मानवजातिका

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment