आज उल्काबर्षा हुँदै, एक घण्टामा ५० भन्दा बढी तारा खस्ने

काठमाडौं, २० पुस-
आज बिहानैदेखि उल्काबर्षा भैरहेको छ । नेपाल खगोल समाजका अनुसार अँग्रेजी यो बर्षको पहिलो उल्का बर्षा आज भैरहेको हो । बिहान पौने ४ बजेदेखि पौने ८ बजेसम्म अत्यधिक बर्षा हुने र त्यसपछि केही कम हुँदै जाने नेपाल खगोल समाज (नासो) का अध्यक्ष सुरेश भट्टराईले बताए ।
यसपटकको उल्का वर्षाको स्रोत बुटिज अर्थात्, भूतप तारामण्डल भएको र प्रतिघण्टा ५० भन्दा बढी तारा खसेमा त्यसलाई उल्का वर्षा भनिने भट्टराईले बताए ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । etajakhabar

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment