पोर्न हेर्न त के बाइबल छोए समेत फाँसीको सजाय हुन्छ उत्तर कोरियामा

काठमाडौं । ग्लोब्लाइजेशनले सारा विश्व नै एक बनाइदिएका बेला संसारमा यस्ता देश पनि छन् जहाँ राम्ररी श्वास फेर्न र मन लागेका साना तिना कुरा गर्ने अधिकार सम्म नागरिकमा हुँदैन । आफ्ना नागरिकलाई हदै सम्म नियन्त्रणमा राख्ने संसारकै निरंकुश देश हो उत्तर कोरीया । जस्ले हालै हाइड्रोजन बम परीक्षण गरेर सारा संसारलाई चकित र आतंकित तुल्याइदिएको छ ।

उत्तर कोरियाको यो कदमले संसारका शक्तिशाली देशका योजनाकारहरुका दाँतबाट पसिना आउने निश्चितप्राय नै छ । तर उत्तर कोरीयालाई कुनै चिन्ता नै छैन किनकी उसलाई अर्को संसारसँग कुनै मतलव नै छैन । उसले सारा योजना र फैसला आँफु अनुकुल गर्दै आफ्ना जनतालाई जबरजस्ती मान्न बाध्य गराउँदै आएको छ । उत्तर कोरियामा यस्ता अनौठा र वाहियात कानुन छन् जुन दुनियामा प्रयोगमा नै आएका छैनन् । र नआउलान् पनि ।

संसारले नै उसको कदमको आलोचना गरिरहेका बेला उसले भने नयाँ वर्ष २०१६ को बिरोध गर्यो । उत्तर कोरीयाले आफ्नै नियम अनुसार १०४ वर्ष मनाउँदैछ । उत्तर कोरियाका संस्‍थापक किम सुंगलाई मान्छ । उनको जन्म वर्ष १९१२ मा भएको थियो । यही हिसावले उसले अहिले १०४ वर्ष मान्दैछ ।

उत्तर कोरियाले कम्युनिस्ट शासन पनि नमानेर ‘जूसे’ विचारधारालाई आत्मसाथ गरेको छ ।

उत्तर कोरिया दुनियाको एउटा यस्तो एक्लो देश हो जस्ले अमेरीकालाई ठाडै चुनौती दिँदै आएको छ । उसले अमेरिकी नेवीको जहाजलाई समातेर राखेको छ । यस्ले सिधै अमेरिकी ताकतलाई नै चुनौती दिँदै आएको छ । यस्तो काम अहिलेसम्म कसैले गर्न सकेका छैनन् ।

उत्तर कोरीयामा सर्वसाधारणले कार किन्न त के चढ्न समेत पाउँदैनन् । त्यहाँ कार चढ्ने भनेको केवल सरकारी अधिकारी र सेनाले मात्रै हो ।

उत्तर कोरियामा केवल खुलेर त के लुकेर पोर्न हेर्नेहरुलाई फाँसी दिइदैन । त्यहाँ कसैले भुलेर बाइबल छोयो भने पनि फाँसी हुन्छ ।

उत्तर कोरियामा गरीब को फोटो खिचन मनाही छ । त्यस्ता व्यक्तिको फोटो खिच्नुलाई अपराध मानिन्छ ।

उत्तर कोरियाका नागरिकले आफु खुशी कपाल काट्न समेत पाउँदैनन् । सरकारले नै जनताको कपाल काट्नलाई २८ तरिका डिजाइन गरेको छ । त्यही मोडलमा कपाल काट्न जनता बाध्य छन् ।

यि सबै बाध्यकारी नियमहरु देख्दा त्यहाँका जनताले कुन दिनबाट श्वास फेर्न पनि सरकारलाई नै सोध्नु पर्ने हो भन्दै मानवअधिकारवादीहरुले बेला बेलामा आवाज उठाउँने गर्छन् । एजेन्सीको सहयोगमा
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment