उपप्रम रावलले भने ‘जातजाती र समुदायमा मेलमिलाप हुन नसके नेपाल नै नरहन सक्छ’

कालु बोहरा
अछाम,२८ फागुन । उप–प्रधान एवम रक्षामन्त्री भिम रावलले सबै जातजाती र समुदायको बिचमा मेलमिलाप हुन नसके नेपाल नै नरहने खतरा रहेको औँल्याए । उनले तराई, पहाड र हिमाल सहितको नेपालको संघिय संरचना नै उत्तम रहेको टोकुवा गरे ।


मंगलसेनमा युवा संघ नेपालको जिल्ला भेलालाई सम्वोधन गर्दै उपप्रम रावलले समाजको उन्नती, प्रगती र स्वाभिमानका लागि युवाको भुमिका महत्वपूर्ण रहेको बताए ।

‘न्यायप्रेमी युवा युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराका साथ सुरु भएको संघको भेलामा रावलले ९० प्रतिशत जनप्रतिनिधिबाट बनेको नेपालको संविधान २०७२ मधेसका ९१ सांसदले समेत हस्ताक्षर गरेको र संविधान मधेसको विपरित हुन नसक्ने धारणा राखे ।

नेपाली जनताहरु पहिले पनि झुक्न नजानेको र कहिल्यै पनि नझुक्ने बताउँदै भारतले लगाएको अघोषित नाकाबन्दी अघोषितरुपै समाप्त भएर जान समेत ठोकुवा गर ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment