हत्या,लुटपाट,धम्कीको अपराध, ४ वर्षे बालकलाई जन्मकैद

एजेन्सी । चार वर्षको नाबालक अपराधी हुन सक्ला । यो सबैको मनमा उठने निकै आश्चर्य जनक प्रश्न पनि हो । जो कोहिले पनि अनुमान गर्न सक्छ की अपराधी हुन सक्दैन् । तर इजिप्टको एक अदालतले ४ वर्षका बालकलाई जन्मकैदको सजायँ सुनाएको छ । ती बालक एक वर्षको छँदा उनले गरेको हत्याको अभियोगमा उनलाई अदालतले दोषी ठहर गर्दै यस्तो फैसला गरेको हो ।


अदालतले आफु विरुद्ध आजिवस काराबासको सजायँ सुनाइरहँदा अहमद मन्सुल कर्मी नामका बालक अदालतमा उपस्थित भने थिएनन् । उनीमाथि ४ जनाको हत्या, ८ जनाको ज्यानमार्ने उद्योग, लुटपाट तथा क्षतिका साथै पुलिस तथा सेनाका अधिकारीलाई धम्क्याएको अभियोग लागेको छ । यी सबै अभियोग उनले एक वर्षको उमेरभित्रै गरेको उल्लेख छ ।

सन् २०१४ को सुरुमा भएका घटनामा जन्मकैद सुुनाइएका ११५ जनामा अहमद पनि एक हुन् । उनीहरुलाई पश्चिम कायरोस्थित एक अदालतले यस्तो सजाय सुनाएको छ । बालकका वकिल फैसल अल सायदका अनुसार अहमदको नाम अपराधीको सूचिमा गल्तीले पर्न गएको भएपनि अदालतमा आफुले पेश गरेको उनको जन्मदर्ता प्रमाण अदालतले न्यायाधीश सामु पेश नगरेको आरोप लगाएका छन् ।

वकिलहरुले ४ वर्षे बालकमाथि एक वर्षको उमेरमै हत्या, लुटपाट, ज्यानमार्ने उद्योग तथा धम्की जस्ता अपराध गरेको भन्दै दोषी ठहर गरी अदालतले सजायँ सुनाउनुले इजिप्टमा न्याय नभएको बताएका छन् ।
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment