प्रचण्ड पुत्र प्रकाशले मागे नयाँ शक्तिसँग एमाओवादीको गाडी

काठमाडौं– एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले नयाँ शक्तिमा लागेका पूर्व माओवादी नेताहरुलाई गाडी फिर्ता गर्न चुनौति दिएका छन् । उनले फेसवुक पेजमा स्टाट्स लेख्दै ‘एमाओवादीका नाममा रहेका गाडी किन चढ्नुहुन्छ ?’ भन्दै प्रश्न समेत गरेका छन् ।


‘नयाँ शक्तिमा गएकाले माओवाद र माओवादीका सबै कुरा त्यागे तर गाडी त्याग्न सकेनन् । बाबुराम बाहेक अन्य नेताहरुले चढेका सवै गाडी एमाओवादीको नाममा छ । अव एमाओवादीको नाममा रहेको ब्लुवूकसहितका गाडी किन चढ्नुहुन्छ ? त्यो पनि नयाँ नै चढे भैहाल्यो नि ?’ प्रकाशको स्टाट्समा छ ।
एकीकृत माओवादीका अनुसार अहिले नयाँ शक्तिमा लागेका हिसिला यमी, देवेन्द्र पौडेल र नवराज सुवेदीले एकीकृत माओवादीका नाममा रहेको गाडी चढेका छन् ।@ratopati
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment