नेपाललाई चीनको ठूलो प्रस्तावले भारत आत्तियो, रातारात पठायो यस्तो सन्देश


काठमाडौं, ३० फागुन । चीनले नेपाललाई पाइपलाइन बनाएदिएर कच्चा तेल नै दिने प्रस्ताव गरेपछि भारत आत्तिएको छ ।
चीनले कच्चा तेल पुगाइदिने र चाहिएजति तेल प्रयोग गरेर आत्मनिर्भर बन्न शुक्रबार प्रस्ताव गरेको भोलिपल्टै आत्तिदै भारतले शनिबार नेपाल आयल निगमलाई अर्कै सन्देश पठाएको हो ।
समाचार अनुसार भारतको इण्डियन आयल कर्पोरेसन(आईओसी)ले रक्सौल अमलेखगन्ज ४१ किलोमिटर पेट्रोलियम लपाइपलाइन निर्माण छिटो सुरु गर्न नेपाललाई पत्र पठाएको छ ।
आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले करिब दुई साताअघि आइओसीले पाइपलाइन परियोजना अघि बढाउन पत्राचार गरेको जानकारी दिएको समाचार नयाँ पत्रिकामा छ ।
आइओसीले आफ्नोपट्टिबाट सबै तयारी सकेको जानकारी गराएको छ । नेपालको तर्फबाट के तयारी भइरहेको छ भन्ने जानकारी पनि मागेको छ, सुवेदीले भने, ‘पाइपलाइका विषयमा चाँडै एउटा बैठक राखेर छलफल गर्न आइओसीले आग्रह गरिरहेको छ ।’

पाइपलाइन निर्माण बारे ७ भदौमा नेपालका तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतको तर्फबाट पेट्रोलियम राज्यमन्त्री धमेन्द्र प्रधानले सम्झौता गरेका थिए । पाइपलाइन आइओसीले आफ्नै खार्चमा निर्माण गरिदिने सम्झौता छ । सम्झौता लगत्तै निर्माण गरिने भनिएको भएपनि भारतले गरेको नाकाबन्दीका कारण पाइपलाइन निर्माण कार्य रोकिएको थियो ।
नेपाल तर्फ ३९ किलोमिटर र भारततर्फ २ किलोमिटर बिछ्याइने पाइपलाइको व्यास १० इन्चको हुनेछ । रक्सौलबाट तेल खसालेपछि बढीमा ४५ मिनेटमा अमलेखगञ्जमा झर्ने आइओसीको प्रक्षेपण रहेको छ । एक घन्टा दुई लाख लिटर तेल ओसार्न सकिने पाइपलाइनबाट सुरुमा दैनिक ३० लाख लिटर ओसार्न सकिने आइओसीले जनाएको छ ।
यो पाइपलाइन निर्माण भए नेपाल पूर्ण रुपमा भारतमा निर्भर हुनेछ । जसबाट भारतले फेरि नाकाबन्दी अथवा अन्य कदम उठाएर आफ्नो स्वार्थ पुरा गर्नसक्छ ।
दैनिक नेपाल बाट
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment