रमेश खरेल म्युजिक भिडियोमा, भन्दैछन्, “यो देशका लागि म जन्म लिएको हुँ” (भिडियो)

नेपाल प्रहरीका एसएसपी रमेश खरेलद्वारा अभिनित “यो देशका लागि म जन्म लिएको हुँ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘माया नगर’, ‘सलाम छ मायालाई’, ‘आफन्तको माया’, ‘भोजपुरी खुनी दंगाल’ , ‘कयामत से कयामत तक’,’दुल्हन’ आदि जस्ता सुपरहिट चलचित्र निर्माण र निर्देशन गरिसकेका निर्देशक दीपक खाण्डको निर्देशन र डि.के.फिल्म्सको निर्माणमा युवा गायक भुवन प्यासीको स्वर रहेको भिडियोमा एसएसपी रमेश खरेलले पहिलो पटक अभिनय गरेका हुन् ।

हेलिकोप्टरको समेत प्रयोग गरी प्रहरी तालिम केन्द्र लगायत देशका विभिन्न ठाउँहरुमा छायांङकन गरिएको उक्त भिडियोमा मोडल उर्मिला रायमाझीलार्इ पनि देख्न सकिन्छ । निर्देशक खाँडले भिडियोको विषयमा बोल्दै भिडियोलाई सबै दर्शक, स्रोताहरुले मनपराउने बताए ।

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment