हास्यकलाकार हरु कसको पढाइ कति? पढाइमा अब्बल सन्दिप, राजा राजेन्द्र र जिक्री- यी सबैले हाँसिल गरे डिग्री!

हास्यकलाकाहरुको हास्यब्यङग्य प्रस्तुती हेरेर हामी मजाले हास्ने गर्छौ । उनीहरुको प्रस्तुती हेर्दा लाग्छ उनीहरुमा कुनै कुराको कमी छैन ,सबै कुराको ज्ञान छ । हरेक कुरालाई सबैले बुझ्ने गरि प्रस्तुत गर्ने गर्छन् हास्य कलाकार । उनीहरु देश बिदेशका समसामयीक कुराहरुलाई टपक्क टिपेर प्रस्तुत गर्छन् र सबैलाई हँसाउँछन् । यीनै तपाई हामीलाई हँसाउने हास्य कलाकारको अध्ययनका बारेमा आज हामी चर्चा गर्दैछौ । कतीले यस क्षेत्रमा लागेपछि अध्ययनलाई बीचमै छाडेका छन् त कतीले अध्ययनलाई महत्व दिदै काम सँगसँगै अघि बढाएका छन् ।

संदीप क्षेत्री
हास्य कलाकार संदिप क्षेत्री अभिनयमा सफल छन् । फिल्म देखी कमेडी कार्यक्रमसम्म उनले समय दिन भ्याएका छन् । संदिप हास्य क्षेत्रमा जस्तै अध्ययनमा पनि सफल छन् । भनिन्छ अध्ययन कहिल्यै सकिदैन तर उनले लगभग अध्ययन सकाएका छन् भन्दा फरक पर्दैन । संदिपले कमर्स बिषयमा मास्टर गरेका छन् । २०५५ सालको एस एल सी मा ७० प्रतीशत अंक ल्याएर उर्तीण भएका उनले कमर्स बिषयमा प्लस टु, ब्याचलर र मास्टर गरे । प्लस टु उनले बिरगंज कमर्स क्याम्पसबाट गरेका हुन् । प्लस टु मा उनले ६५ प्रतीशत अकं ल्याएका थिए । त्यस्तै उनले आफ्नो अध्ययनलाई कहिल्यै पनि बिगारेनन् । उनी अध्ययनलाई महत्व दिन्थे । ब्याचलरमा पनि राम्रो गरे । त्यसपछि मास्टर जोईन गरे । मास्टर उनले टि यु बाट गरेका हुन् । आफ्नो हास्य ब्यङग्य करियर र अध्ययनलाई एक साथ अघि बढाएका उनले मास्टर पनि ७० प्रतीशत अंक ल्याएर पास गरे ।


राजा राजेन्द्र पोख्रेल

युुवा हास्य व्यङग्यकार राजा राजेन्द्र पोख्रेल अहिले एक पछी अर्को स्टेज कार्यक्रमहरुमा निकै व्यस्त रहन थालेका छन् । निकै कडा रुपमा हास्य व्यङग्य प्रस्तुतीहरु प्रस्तुत गर्ने राजेन्द्र पढाईमा पनि अब्बल छन् । उनले अंग्रेजी बिषयमा मास्टर सकिसकेका छन् । झापाको भृकुटी माबीबाट २०५८ सालमा एस एल सी पास गरेका राजेन्द्रले एस एल सीमा ७३ प्रतिशत अकं प्राप्त गरेका थिए । त्यसपछी उच्च शिक्षा अध्ययनका लागी काठमाण्डौ पसेका उनले रत्न राज्य क्याम्पसबाट आफ्नो अध्ययन पुरा गरे । आई ए र बिएमा पत्रकारीता,पोलिटिकल साईन्स र मेजर ईङलिस लिएका उनले दोस्रो श्रेणीमा आई र बि ए पास गरे ।
ब्याचलरमा उनले पत्रकारीतालाई छाडे र पोलिटिकल साईन्स र अग्रेंजी बिषयको अध्ययन गरे । उनले ब्याचलर ५८ प्रतिशत अकंका साथ पुरा गरेका हुन् । त्यस्तै मास्टरमा मेजर ईङगलिस लिएर पढेका राजेन्द्रले ५७ प्रतिशत अकं सहित पास गरे । पढाई सकाएर हाल उनि हास्य व्यङग्य क्ष्ोत्रमा नै व्यस्त छन् ।

कुमार कट्टेल
अहिले युवाहरुलाई आफ्नो अभिनयबाट लोभ्याएका छन् कुमार कट्टेलले । भद्रगोलका जिग्री कुमार अभिनयबाट छोटो समयमा नै राम्रो प्रभाव पार्न सफल भएका छन् । भद्रगोलमा काम गरेर कला क्षेत्रमा उनले आप्नो स्थान सुरक्षित गरिसकेका छन् । उनी अभिनयमा जस्तै अध्ययनमा पनि सधै नम्बर वान रहे । २०६० सालमा झापाको गौर दहबाट एस एल सी गरेका उनले एस एल सिमा ८५ प्रतीशत अंक ल्याएका थिए । त्यस्तै उनी काठमाण्डौ आएर कोलम्बस कलेजबाट प्लस टु गरे । प्लस टु मा उनले साईन्स बिषयमा अध्ययन गरेका थिए । प्लस टु मा ६१ प्रतीशत अंक ल्याएका उनले ब्याचरलमा मानवीकी लिएर अध्ययन गरे । ब्याचलर अध्ययन गर्दासम्म उनलाई कलाकारीताको भुत चडिसकेको थियो । यहि कारण उनले सोचेजस्तो अंक ल्याउन सकेनन् । चावहिलको न्युटन कलेजबाट उनले ब्याचरल गरेका हुन् । त्यस्तै कुमारले एक बर्षे स्क्रीप्ट र डिरेक्सनको कोर्स पनि गरेका छन् । यु के पुगेर यस बिषयमा अधययन गरेका उनी अब मास्टर जोईन गर्ने सोचमा छन् ।


शिव हरी पौड्याल
शिव हरी पौड्यालले एस एल सी ३९ सालमा पास गरेका हुन् । उनले एस एल सी हेटौडाबाट सकेण्ड डिभिजनमा पास गरे । त्यसपछि आई अध्ययन गर्नको लागी पाटन सयुंत्त क्याम्पसमा भर्ना भए । अर्थशास्त्रमा आई ए सकाएका उनले अर्थशास्त्रमै बि ए पनि पाटन क्याम्पसबाटै गरे । उनको ब्याचलर पनि दोस्रो श्रेणीमै पास गरे । ब्याचलर सकाएका शिव हरीले मास्टर अध्ययन गर्ने सोच पनि बनाए तर उनको सोचलाई समयले साथ दिएन । हास्य क्षेत्रमा लागेर स्थापित भईसकेका उनले अध्ययनको लागी समय दिन सकेनन् र मास्टर अध्ययन गर्ने मौका नै पाएनन् । उनले मास्टर अध्ययनको लागी लागी एम पि ए कलेज जोईन पनि गरिसकेका थिए ।


सन्तोष पन्त
आफ्नो पढाईलाई विवाह गरेपछी रोके भन्छन् सन्तोष पन्त । बि ए पास गरेका सन्तोष सधै तेश्रो श्रेणीमा पास हुन्थे । शान्ती बिदा गृहबाट एस एल सी पास गरेका सन्तोषको एस एल सी ब्याज हो ३३ ,३४ सालको । उनि एस एल सीमा तेश्रो श्रेणीमा पास भएका थिए । त्यसपछी सरस्वती क्याम्पसबाट उनले पोलिटिकल साईन्स र कल्चरमा आई ए र बि ए गरे । बिए पास भएसँगै विहे गरेका सन्तोषले आफ्नो अध्ययनलाई यतिमै रोक । तेश्रो श्रेणीमै आई ए बि ए पास गरेका सन्तोष आफ्नो अध्ययनलाई गान्धी बिद्याको उपनाम दिन्छन् । उनि भन्छन् – मेरो बिद्या गान्धी बिद्या हो ।


सिताराम कट्टेल

सिताराम कट्टेल धुर्मसले ब्याचलर सम्म अध्ययन गरेका छन् । झापामै जन्मे हुर्केका उनले झपाबाटै एस एल सि गरे । उनले एस एल सिमा ६९ प्रतिशत अकं ल्याएका थिए । पछि उच्च शिक्षको लागी कामाण्डौ आएका सितारामले पत्रकारीता र अंग्रेजी बिषयमा आर आर क्याम्पसबाट प्लस टु गरे । प्लस टु उनले दोस्रो श्रेणीमा पास गरेका थिए । उनले आफ्नो अध्ययलाई ब्याचरलमा पनि पुर्याए । तर ब्याचलर तेस्रो बर्षमा पुगेपछि उनको अध्ययन रोकीयो । हास्य क्षेत्रमा बढ्दो ब्यस्तताले उनको अध्ययनलाई अघि लाने समय नै मिलेन । ब्याचरमा उनले पोलीटिकल साईन्समा अध्ययन गरेका हुन् ।

कुञ्जना घिमीरे

सितारामको जस्तै कुञ्जनाको अध्ययन पनि ब्याचरल तेस्रो बर्षमा पुगको छ । ललीतपूरबाट एस एल सी दिएकी कुञ्जनाले एस एल सि प्रथम श्रेणीमा पास गरेकी थिईन् । प्ल टु उनले पिके क्यामपसबाट गरिन् । प्लस टु मा समाज शास्त्र , अग्रेजी र नृत्य बिषय लिएकी कुञ्जनाले ब्याचलरमा नृत्यलाई छाडीन् । उनले निरन्तर समय दिन नसकेका कारण नृत्य बिषयलाई छाडेकी हुन् । ब्याचलरमा उनले समाजशास्त्र र अंग्रेजीलाई मात्र लीईन् । हालउनी ब्याचलर अध्ययनरत छिन् ।


दिपा श्री निरौला
अभिनेत्री हुँदै सिनर्माता र निर्देशक बनेकी दिपाले तितो सत्यबाट चर्चा र सफलता पाएकी हुन् । टेलिसिरयल तितो सत्य सँगसँगै उनले केहि सिनेमाहरुमा पनि काम गरीन् । अभिनय जस्तै अध्ययनमा पनि उनी खासै पछि पर्दिनन् । उनले महेन्द्र मोरङ क्याम्पसबाट आई ए पुरा गरेकी छिन् । एस एल सि मा फस्ट डिभिजन ल्याएकी दिपाको रगतमा अभिनय दौडिएकाले पढाईलाई त्यो भन्दा अघि लान सकीनन् । हाल उनी छक्का पञ्जाको सुटिङमा ब्यस्त छिन् ।



जीतु नेपाल

जितुले २०४८ मा एस एल सी पास गरेका थिए । जालपा माध्यामीक बिद्यालय सिन्धुपाल्चोकबाट एल एल सी दिएका उनले एस एल सी दोस्रो श्रेणीमा पास गरेका थिए । त्यसपछी उनले आफ्नो पढाई आइ ए सम्म पुर्याए । उनको अध्ययनले आई ए भन्दा माथिको खुड्कीलो भने पार गर्न सकेन । आई ए उनले प्राईभेट कलेजमा पढेका थिए । साभार: फर्सिनेटवर्क
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment