योनिबाट गन्हाउने सेतो बाक्लो पदार्थ किन निस्कन्छ ?

काठमाडौं । योनिमार्गबाट सेतो बाक्लो अनि गन्हाउने पदार्थ निस्कनुले पाठेघरमा संक्रमण भएको संकेत गर्छ । यस्तो अवस्थामा महिलाहरु सचेत हुनुपर्छ ।

यस्तो अवस्था आउनेवित्तिकै चिकित्सकलाई देखाउनु पर्छ । विशेष गरेर पाठेघरमा समस्या देखिएपछि गन्हाउने बाक्लो सेतो पदार्थ आउने गरेको चिकित्सकहरुको भनाइ छ । यो ठूलो रोग नभए पनि यसले हेलेचेक्र्याइ गरेर बस्नु भने हुँदैन । सानो विषयले ठूलो रुप पनि लिन सक्छ ।



यौनको संक्रमणबाट बच्न सेक्स गरिसकेपछि योनिलाई सफा पानीले सफा गर्ने, सुरक्षित यौन सम्पर्क गर्ने, गर्भनिरोधक जथाभावी औषधिहरु प्रयोग गर्न नहुने चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरुका अनुसार जथाभावी औषधि प्रयोगले स्वास्थ्यलाई असर पुगाउने भएकाले पनि सबैले औषधि प्रयोगमा उचित परीक्षणविना जथाभावी औषधि प्रयोग गर्नु हुँदैन ।

यस्तो समस्या हुने महिलाले छिटोभन्दा छिटो एकपटक स्त्रीरोग विशेषज्ञसँग परीक्षण गराउनु उपयुक्त हुन्छ ।

अर्को कुरा, गर्भपतन गराइसकेका महिलामा हुने समस्यामा पनि ध्यान दिनुपर्छ । परिवार नियोजनका साधनहरुका बारेमा परामर्श प्राप्त गर्नुपर्छ । दैनिकनेपाल बाट साभार |
Share on Google Plus

About Admin

    Blogger Comment
    Facebook Comment